दफा ९क
स्तरवृद्धि नगरिने
दफा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहायको अवधिभर कर्मचारीलाई स्तरवृद्धि गरिने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) तलबवृद्धि वा बढुवा रोक्का भएकोमा तलबवृद्धि वा बढुवा रोक्का भएको अवधिभर,
(ग) असाधारण विदामा बसेकोमा सो विदाको अवधिभर,
(घ) प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्यसँग सम्बन्धित परिषद्बाट नाम दर्ता निलम्बन भएकोमा त्यस्तो निलम्बनको अवधिभर ।